दफा ३३
दण्ड सजाय
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कुनै हिसाब किताब राख्नु
पर्ने वा प्रतिवेदन पेश गर्नु पर्ने कर्तब्य भएको ब्यक्तिले त्यस्तो हिसाब किताब वा प्रतिवेदन वा अन्य
कुनै कागजातमा जानी जानी वा बदनियितले साँचो कुरा दबाई झुटो कुरा देखाएमा वा बेहोरा
फरक पारेमा वा त्यस्तो काम कुरा गर्ने उद्योग गरेमा त्यस्तो ब्यक्तिलाई तीन बर्षसम्म कैद वा तीन
हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
(२) सञ्चालक वा संस्थानको कुनै कर्मचारीले जानी जानी वा लापरवाही गरी वा
बदनियतसाथ उपदफा (१) मा लेखिएदेखि बाहेक अन्य कुनै कुरा गरी संस्थानलाई हानी नोक्सानी
पु¥याएमा निजलाई एक बर्षसम्म कैद वा एक हजार रुपैयाँसम्म जरीवाना हुनेछ ।
(३) कसैले दफा २९ अन्तर्गत नियुक्त भएको निरीक्षक वा गठन भएको समितिको काम
काजमा कुनै बाधा पु¥याएमा वा माग गरेको कुनै कागजपत्र वा सूचना कुनै मनासिब माफिकको
कारण बिना नदिएमा वा दिन लापरवाही गरेमा निजलाई एक हजार रुपैयाँसम्म जरीवाना हुनेछ ।
(४) कसैले संस्थानको लिखित स्वीकृति नलिई कुनै विवरणपत्र वा विज्ञापनमा संस्थानको
नाम प्रयोग गरेमा निजलाई बढीमा छ महीनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुबै
सजाय हुनेछ ।
(५) तत्काल सञ्चालक वा महाप्रबन्धक भएको कुनै ब्यक्तिले दफा १८ उल्लंघन गरी
संस्थानसित हुने लिखित ठेक्का हिस्सेदार भई सो दफा बमोजिम जाहेर गर्नु पर्ने नगरी सो
हैसियतबाट कुनै अनुचित फाइदा उठाएको वा उठाउन उद्योग गरेमा निजलाई दुई बर्षसम्म कैद वा
पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
(६) यस दफा बमोजिम सजाय हुने अपराधबाट संस्थानलाई कुनै हानी नोक्सानी भएको
रहेछ भने त्यस्तो हानी नोक्सानीको बिगोसमेत सो अपराध गर्ने व्यक्तिबाट असूल उपर गरिनेछ ।